काठमाडौंः रामेछाप तथा सिन्धुलीलाई जोड्ने खुर्कोट पुलबाट यातायात सुचारु भएको छ । असोज १२ गतेको बाढीले पुलको अधाभाग बगाएपछि अवरुद्ध यातायात नेपाली सेनाले पूनः बेलिबृज हालेपछि आजबाट सुचारु भएको हो ।
पुलसुचारु भएकोमा खुशि ब्यक्त गर्दै भौेतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नेपाली सेनाको टोलीलाई सम्मान गर्नु भएको थियो । पुन नहुँदा रामेछाप,दोलखा लगायतका जिल्लाको तराई सँगको सम्पर्क विच्छेद भएको थियो ।
साझा अर्थ संवाददाता