पात्रो

रेडियो

समाचार खोजी

आजको मौसम पूर्वानुमान : हिमाली र पहाडी भागमा वर्षा, तराईमा गर्मी बढ्ने

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौँ, २१ जेठ: जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका हिमाली तथा पहाडी भागमा आज (बिहीबार) वर्षा हुने र तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको जनाएको छ। उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले यस्तो मौसमी अवस्था सिर्जना भएको हो।

हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली छ। बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी भागमा बदली रहनेछ। हिमाली, पहाडी तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ।

आज राति हिमाली भागमा बदली रहने, पहाडी तथा मधेस र कोशीको तराईमा आंशिक बदली हुनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। महाशाखाले तराई क्षेत्रमा तापक्रम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

41 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्