पात्रो

रेडियो

समाचार खोजी

नेपालमा स्टारलिङ्क सञ्चालनका लागि शतप्रतिशत स्वामित्वको सर्त कायमै

साझा अर्थ संवाददाता २० जेठ २०८३, बुधवार

काठमाडौँ, २० जेठ: एलोन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कले नेपालमा आफ्नो सेवा सुरु गर्न शतप्रतिशत वैदेशिक स्वामित्व पाउनुपर्ने अडान पुनः दोहोर्‍याएको छ। स्टारलिङ्ककी निर्देशक रेबेका हन्टर र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिनाबीच सोमबार भएको भेटवार्तामा कम्पनीले यस्तो अडान राखेको हो। नेपालको विद्यमान नीति र कानुनी अड्चनका कारण आधिकारिक स्वीकृति पाउन नसकेको हन्टरले स्पष्ट पार्नुभयो।

नेपालको विद्यमान दूरसञ्चार नीति अनुसार विदेशी लगानीकर्ताले दूरसंचार सेवा प्रदायक कम्पनीमा बढीमा ८० प्रतिशत मात्र स्वामित्व राख्न पाउने व्यवस्था छ। बाँकी २० प्रतिशत हिस्सा नेपाली साझेदारको हुनुपर्ने कानुनी बाध्यता छ।

तर, स्पेसएक्सद्वारा सञ्चालित स्टारलिङ्कले भने कुनै पनि स्थानीय साझेदार विना शतप्रतिशत आफ्नै स्वामित्वमा उच्च गतिको स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएको छ।

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ