पात्रो

रेडियो

समाचार खोजी

रास्वपा सभापति रवि लामिछानेको 'विकास कूटनीति' का लागि ८ बुँदे प्रस्ताव

साझा अर्थ संवाददाता १९ जेठ २०८३, मङ्गलवार

काठमाडौँ, १९ जेठ :पाँचदिने औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर 'विकास कूटनीति' मा केन्द्रित गर्न प्रस्ताव गर्नुभएको छ। भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत उहाँले दुई देशबीचको सम्बन्ध अब लगानी, व्यापार, ऊर्जा र आर्थिक साझेदारीमा आधारित हुनुपर्ने उल्लेख गर्नुभएको छ।

लामिछानेले नेपाल-भारत सहकार्यका लागि मुख्य ८ प्रस्तावहरू अघि सार्नुभएको छ: (१) संवादबाट सीमा विवाद समाधान, (२) रक्सौल-काठमाडौं रेलमार्ग निर्माण, (३) पोखरा र लुम्बिनीबाट सीधा भारतीय हवाई उडान, (४) काठमाडौं-बेङ्गलुरु डिजिटल करिडोर, (५) नेपालमा भारतीय प्रविधि (IIT) र चिकित्सा (AIIMS) संस्था स्थापना, (६) सीमा क्षेत्रमा रासायनिक मल उद्योग, (७) एकीकृत ऊर्जा बजार, र (८) खेलकुदमा सहकार्य (नेपाली खेलाडी र रङ्गशालालाई आईपीएलमा जोड्ने)। उहाँले नेपालमा रास्वपाको उदयलाई 'ब्यालेट बक्स क्रान्ति' भन्दै नयाँ पुस्ताले सुशासन र सुदृढ आर्थिक सम्बन्ध चाहेको स्पष्ट पार्नुभएको छ।

89 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ