पात्रो

रेडियो

समाचार खोजी

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान हुने

साझा अर्थ संवाददाता १६ जेठ २०८३, शनिवार

खोटाङ, १६ जेठ : खोटाङ र ओखलढुङ्गाको सीमामा रभुँवाघाटमा निर्माण हुने ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यो आयोजना समावेश गरेपछि काम अघि बढ्ने निश्चित भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत यसै वर्ष ठेक्का आह्वान गरी आयोजना अघि बढाउने जानकारी दिएका छन्। यसलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकतासाथ अगाडि बढाइने उनले बताए।

करिब ४३ वर्षअघि अध्ययन सुरु भएको यो बहुउद्देश्यीय आयोजनामा एशियाली विकास बैंक (एडिबि) लगायतको लगानी रहनेछ। आयोजनाका लागि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा करिब २५ हजार रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाइएको छ। जसमध्ये करिब २० हजार रोपनी व्यक्तिको नाममा रहेको छ।

लामो समय मुआब्जा निर्धारण नहुँदा आयोजना अन्योलमा थियो। अहिले बजेटमा परेपछि स्थानीय हर्षित भएका छन्। आयोजनाले १६२ घरपरिवार पूर्ण रुपमा र ९९८ परिवार आंशिक रुपमा विस्थापित हुनेछन्। साथै १ हजार ५० परिवारको खेतीयोग्य जमिन डुबानमा पर्नेछ।

रभुँवाघाटमा २२० मिटर अग्लो बाँध बनाई धितुङमा पानी खसाएर बिजुली उत्पादन गरिनेछ। वार्षिक तीन अर्ब ४४ करोड युनिट बिजुली उत्पादन हुने अनुमान छ। जलाशयमा डुङ्गा सयर, माछापालन र पर्यटन विकासको समेत सम्भावना छ।

84 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु