पात्रो

रेडियो

समाचार खोजी

तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण गरिने

साझा अर्थ संवाददाता ११ जेठ २०८३, सोमवार

काठमाडौः तनहुँमा १२६ मेगावाट क्षमताको  तल्लो सेती जलविद्युत आयोजनाको निर्माण गरिुने भएको छ । एसियाली बिकास बैङ्कको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको हो ।  
अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ । विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४ मा पर्दछ । विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु