दोलखाः कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ को हुुर्हुुरे खोलामा झोलुुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । एसडब्लुुएपी नामक गैह्रसरकारी संस्था तथा कालिञ्चोक गाउँपालिकाको साझेदारीमा सो झोलुुङ्गे पुलको निर्माण सम्पन्न भएको हो ।
कुल लागत ३९ लाख चौधहजार कुल लागत रकम रहेको झोलुुङ्गे पुलको निर्माण सम्पन्न भएको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष भरत पाण्डेले जानकारी दिनुुभयो । पुल निर्माणकालागि दातृसंस्था बाट कुललागतको ८५ प्रतिशत रकम ब्यहोरिएको तथा गाउँपालिकाले १३ प्रतिशत रकम ब्यहोरेको वडाध्यक्ष पाण्डेको भनाई रहेको छ । यस्तै समूदायले दुुई प्रतिशत लागत रकम बराबरको श्रमदान गरेको थियो ।
कुल७० मिटर लम्बाई रहेको झोलुुङ्गे पुलको निर्माणबाट स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको वडाध्यक्षले जानकारी दिनुुभयो । पुल निर्माणबाट करिब २६५ घरधुरी लाभान्वित भएका छन् ।
तस्विर सौजन्यः वडाध्यक्ष भरत पाण्डे
साझा अर्थ संवाददाता