पात्रो

रेडियो

समाचार खोजी

कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर

साझा अर्थ संवाददाता ७ कार्तिक २०८१, बुधवार

काठमाडौं। कुमारी बैंकले तिहार, किजा पूजा तथा छठ पर्व अवसरमा क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ।

कात्तिक १४ देखि २२ गते छठ पर्वसम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको बैंकले जानकारी दिएको हो।

भाइटीका तथा किजा पूजाकोे दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० क्यासब्याक उपलब्ध गराउनेछ भने अन्य ८ दिन बैंकका सेवाग्राहीले डेबिट, क्रेडिट तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूण्ल्यको २५ प्रतिशत वा अधिकतम ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछ बैंकले बताएको छ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ देखि बेलुका ११ः५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराइने बैंकको भनाइ छ।

यस प्रकारको सेवाले ग्राहकलाई चाडबाडका बेला हुने वित्तीय कारोबार विद्युतीय भुक्तानीका माध्यमबाट गर्न आकर्षित गर्न प्रोत्साहन गर्ने विश्वास बैंकको छ।

हाल बैंकले ३०२ शाखा, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

214 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु