पात्रो

रेडियो

समाचार खोजी

दुई वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र  खारेज

साझा अर्थ संवाददाता ५ कार्तिक २०८१, सोमवार

नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र  खारेज गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै इमेलसहितको सेवा दिने सी. डाटा कम्युनिकेसन र लाइफ नेटलाई कारवाही गरेको हो । 

सी डाटाले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन नगरेको हुँदा अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कार्तिक दुई गते देखि नै लागू हुने गरी खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

 लाइफ नेटले भने नविकरणकका तोकिएको समयावधिभित्र निवेदन पेश नगरेकोले दुरसञ्चार ऐन २०५३ को दफा २५ बमोजिम भदौ अन्तिमबाट स्वत रद्ध भएको जनाएको छ । 

सो कम्पनीले आगामी ३० दिन भित्रमा नियमानुसार नविकरण शुल्क तिर्न बुझाउनु सक्ने प्राधिकरणले जनाएको छ । अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले  जनाएको छ ।  

262 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु