पात्रो

रेडियो

समाचार खोजी

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सिघ्र मर्मत गरी विद्युत उत्पादन गरिने

साझा अर्थ संवाददाता ३ कार्तिक २०८१, शनिवार

दोलखा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका क्षतिग्रस्त संरचनाको मर्मतसम्भार यथाशीघ्र सम्पन्न गरी पूनः  बिजुली उत्पादन गरिने बताउनुभएको छ । शनिवार जलविद्युत केन्द्रको हेडवक्सको निरीक्षण गर्ने क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । 
निरीक्षण पछि मन्त्री खड्काले विद्युत उत्पादन कार्य सुचाररु गर्न सिघ्रमर्मतको कार्य अगाडि बढाउन सरकारको तर्फबाट सबैखालका सहयोग पुर्‍याउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । खड्कासँगै मन्त्रालयका सचिव सुरेस आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल विद्युत केन्द्रमा पुग्नु भएको थियो । सोही क्रममा आयोजनाका सिईओ मोहन गौतमले अगामी तीनसाता भित्र विद्युत उत्पाद थान्ने गरी मर्मतको काम भइरहेको जानकारी दिनुभएको थियो । असोज १२ गतेको भिषण बाढी पहिरोका कारण विद्युत गृहको हेडवक्सको कन्ट्रोल विल्डीङ, डिसेल्टीङ, वाटरवेज बक्स कलभर्ट जस्ता संरचनामा क्षति भएको थियो ।

तस्विरः  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका विद्युत गृह प्रमुख पूणर्गोपाल सञ्जितको फेसबुक वालबाट साभार

243 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु