पात्रो

रेडियो

समाचार खोजी

सन नेपाल लाइफ इन्स्योरेन्सले पायो आइएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र

साझा अर्थ संवाददाता २ कार्तिक २०८१, शुक्रवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकास  ( युनाइटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताबाट एमटिभो लिमिटेड युके बाट मान्यता प्राप्त आइएसओ/आईईसी २७००१ :२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ ।

यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गरेको कम्पनीको दाबी छ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आइएसओ/आईईसी २७००१:२०२२  सम्परीक्षण गरेको हो ।

नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी आइएसओ/आईईसी २७००१: २०२२ को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

आइएसओ/आईईसी २७००१: २०२२ को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ ।

339 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता