पात्रो

रेडियो

समाचार खोजी

क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

साझा अर्थ संवाददाता २० असार २०८३, शनिवार

काठमाडौँ, २० असारः नेपाल प्रहरीले अबैध क्रिप्टो कारोबार गर्ने एक युवकलाई पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नम्बर पाँच बस्ने   मुकेश प्रजापतिलाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरको हो । 
रु एक करोड ४८ लाख बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा प्रजापतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रजापतीले  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाइ ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा  साटेर अवैध कारोबार गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ प्रजापतिले हालसम्म रु एक करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानबाट  खुलेको जानकारी दिनुभयो ।

26 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु