पात्रो

रेडियो

समाचार खोजी

कृषि विकास बैंकद्वारा धितो सम्पत्ति लिलामका लागि ३५ दिने सूचना जारी

साझा अर्थ संवाददाता १९ असार २०८३, शुक्रवार
समाचार सारांश
  • कृषि विकास बैंकले बर्दिबास शाखाका ऋणीहरूले कर्जा चुक्ता नगरेपछि धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्रीका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
  • बैंकले ऋणीहरूलाई तोकिएको समयभित्र रकम भुक्तानी गर्न आग्रह गरेको छ, अन्यथा २०८३ श्रावण २१ गतेसम्म बोलपत्र पेश गरी २२ गते धितो सम्पत्ति लिलाम गरिनेछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं, १९ असार। कृषि विकास बैंक लिमिटेडले कर्जा समयमा चुक्ता नगरेका ग्राहकहरूको धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्रीका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

बैंकको कर्जा असुली तथा संकलन विभाग, मुख्य कार्यालय काठमाडौंले जारी गरेको सूचनाअनुसार बर्दिबास शाखामार्फत कर्जा लिएका केही ऋणीहरूले साँवा, ब्याज तथा अन्य बाँकी रकम तोकिएको समयभित्र भुक्तानी नगरेपछि बैंकले धितो सम्पत्ति शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो।

सूचनामा सम्बन्धित ऋणी, जमानतकर्ता तथा धितो जमानीकर्तालाई ३५ दिनभित्र बैंकमा सम्पर्क गरी बाँकी रकम चुक्ता गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र रकम भुक्तानी नभए कानुनी प्रक्रियाअनुसार धितोमा रहेको जग्गा तथा सम्पत्ति लिलाम बिक्री गरिने बैंकले जनाएको छ।

बैंकले बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साल श्रावण २१ गते तोकेको छ। त्यस्तै लिलाम बिक्री प्रक्रिया २०८३ साल श्रावण २२ गते कृषि विकास बैंकको बर्दिबास शाखा कार्यालयमा हुने सूचनामा उल्लेख छ।

बोलपत्र फारम बैंकका शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ। फारम शुल्क रु. १,००० तोकिएको छ, जुन फिर्ता नहुने बैंकले स्पष्ट पारेको छ। बैंकले फोटोकपी गरिएको फारम मान्य नहुने, बोलपत्रमा आवश्यक विवरण स्पष्ट उल्लेख गर्नुपर्ने र न्यूनतम मूल्यभन्दा कम वा रित नपुगेका बोलपत्र स्वीकार नगरिने जनाएको छ।

सूचनामा महोत्तरी जिल्लाका विभिन्न स्थानमा रहेका धितो सम्पत्तिको विवरण समावेश गरिएको छ। बैंकले बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने अन्तिम अधिकार आफूसँग सुरक्षित रहने जनाएको छ।

यो सूचना ऋणीहरूलाई अन्तिम अवसरका रूपमा लिइएको छ। बैंकले समयमै कर्जा चुक्ता गरी धितो सम्पत्ति फुकुवा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

 

15 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्