काठमाडौंः रसुवागढी नाकाको मितेरी पुलबाट सवारी साधन आवतजावत गर्न थालेका छन् । विहिवारबाट बेलीब्रिज मार्फत सवारी साधन आवत जावत गर्न लागेका हुन् ।
पुलको को परीक्षणका लागि चिनियाँ प्राविधिकले असार १५ गतेदेखि सवारी सञ्चालनमा रोक लगाएका थिए । परीक्षण सफल भएपछि पुल सञ्चालनमा ल्याइएको हो ।
गत वर्ष असार २४ गते ल्हेन्दे खोलाको बाढीले पक्की पुल बगाएपछि निर्माण गरिएको बेलीब्रिज वर्षायाममा उपयुक्त छ कि छैन भनेर परीक्षण गरिएको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ । परीक्षणका क्रममा पुलका नटहरू पुनः कस्ने काम पनि सम्पन्न गरिएको छ ।
पुल सञ्चालनमा आएपछि सामग्री आयात सहज हुने व्यापारीहरूले बताएका छन् ।