काठमाडौ,१७ असारः नेपाली बजारमा आज पनि सुनचाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ६०० र चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ३०० सय रुपैयाँ तथा चाँदी प्रति तोलाको ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार सुन प्रतितोला २ लाख ७७ हजार ९ सय तथा चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।