पात्रो

रेडियो

समाचार खोजी

भेनेजुयलामा शक्तिशाल भुकम्प

साझा अर्थ संवाददाता ११ असार २०८३, बिहिवार

काठमाडौः भेनेजुयलामा बुधबार साँझ एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प गएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.१ म्याग्निच्यूडको थियो भने ठीक एक मिनटपछि ७.५ म्याग्निच्यूडको अर्को झन् शक्तिशाली भूकम्प गएको हो। यी भूकम्प वेनेजुएलामा एक शताब्दीभन्दा बढी समयमा एकसाथ आएका सबैभन्दा शक्तिशाली भूकम्प मध्येका हुन्।

पहिलो भूकम्पको केन्द्र राजधानी काराकसदेखि १६८ किलोमिटर पश्चिममा रहेको क्यारिबियन तटीय क्षेत्र मोरोनको पश्चिममा थियो भने गहिराइ १३ किलोमिटर रहेको थियो। दोस्रो भूकम्पको केन्द्र मोरोनदेखि १६ किलोमिटर दक्षिण-पश्चिममा र गहिराइ १० किलोमिटर रहेको जनाइएको छ।

राजधानी काराकसका विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् भने धेरै इमारतहरूमा चर्को क्षति पुगेको छ। प्रत्यक्षदर्शीहरूले भवनहरू निकै हल्लिएको र पर्खालहरू भत्किएको देखेको बताएका छन्। काराकसका बासिन्दा रोबर्टो डमासले भने, "भवन यति धेरै हल्लियो कि हामी हिँड्न सकिरहेका थिएनौं, सबै सामान झर्यो। भाग्यवश हामी बाहिर निस्कियौं।"

अमेरिकी प्यासिफिक सुनामी चेतावनी केन्द्रले भर्जिन टापुहरू र डोमिनिकन गणतन्त्रका लागि सुनामी अलर्ट जारी गरेको छ भने प्युर्टो रिकोको अलर्ट भने हटाइएको छ।

भेनेजुयलाका गृहमन्त्री डियोसडाडो क्याबेलोले धेरै राज्यहरूमा भूकम्पको झटका महसुस गरिएको बताए। काराकसको अल्तामिरा क्षेत्रमा घर तथा भवनहरू भत्किएपछि चिन्ताजनक अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले प्रोटोकल अनुसार उद्धार र राहत कार्य अघि बढाइएको जानकारी दिए। उनले बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल राख्न र आफन्तसँग सम्पर्क गरी सुरक्षा सुनिश्चित गर्न अपिल गरेका छन्।

सरकारले मृतक तथा घाइतेको आधिकारिक विवरण भने सार्वजनिक गरिसकेको छैन। त्यसपछिका झटकाहरूले थप क्षति पुर्याउन सक्ने भन्दै गृहमन्त्रीले केही समय बाहिरै रहन आग्रह गरेका छन्।

78 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु