पात्रो

रेडियो

समाचार खोजी

कतारको ग्यास फ्याक्ट्रीमा विष्फोट हुँदा १३ जनाको मृत्यु, घाइते हुनेमा नेपाली कामदार पनि

साझा अर्थ संवाददाता ९ असार २०८३, मङ्गलवार

काठमाडौँ, ९ असार 

कतारको प्रमुख औद्योगिक क्षेत्र 'रास लाफान इन्डस्ट्रियल सिटी' भित्र रहेको बरजान ग्यास प्रशोधन केन्द्रमा भएको भयानक विष्फोटमा परी १३ जना विदेशी कामदारको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन्। कतारका ऊर्जा मन्त्री साद बिन सरिदा अल-काबीका अनुसार आइतबार राति भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूमा १२ जना भारतीय र १ जना पाकिस्तानी नागरिक रहेका छन्। मर्मत सम्भारका लागि लामो समय बन्द रही सञ्चालनमा ल्याइएको दुई दिनमै प्राविधिक गढबढीका कारण फ्याक्ट्रीमा आन्तरिक विष्फोट भएको कतारी अधिकारीहरूले पुष्टि गरेका छन्।

कतारी गृह मन्त्रालय र सरकारी स्वामित्वको कतारइनर्जी (QatarEnergy) ले जारी गरेको आधिकारिक वक्तव्य अनुसार उक्त विष्फोट र आगलागीमा परी घाइते भएका ६६ जनामा नेपाली नागरिकहरू समेत रहेका छन्। घाइते हुनेहरूमा नेपालसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका कामदारहरू छन्। दोहास्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूले घाइते नेपालीहरूको अवस्थाबारे बुझ्ने प्रयास गरिरहेका छन्। कतारी अधिकारीहरूले घाइते सबैको अवस्था स्थिर रहेको र स्थानीय अस्पतालहरूमा उपचार भइरहेको जनाएका छन्। कतार सरकारले घटनाबारे विस्तृत प्राविधिक अनुसन्धान सुरु गरिसकेको छ भने दूतावासहरूले मृतकका शव र घाइतेहरूको व्यवस्थापनका लागि समन्वय गरिरहेका छन्।

26 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु