पात्रो

रेडियो

समाचार खोजी

११ महिनामा इभी र पेट्रोल दुवै गाडीको आयातमा ठूलो गिरावट, अटोमोबाइल बजारमा गिरावट

साझा अर्थ संवाददाता ८ असार २०८३, सोमवार

काठमाडौँ, ८ असार  : वित्तीय तरलता, नीतिगत परिवर्तन र उपभोक्ताको क्रयशक्ति घट्दा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा नेपालको अटोमोबाइल क्षेत्रमा गम्भीर मन्दी देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा देशमा विद्युतीय सवारी (इभी) र परम्परागत पेट्रोल गाडी दुवैको आयात उल्लेख्य रूपमा खुम्चिएको छ। प्यासेन्जर इभीको आयात १९.५९ प्रतिशतले घटेर १० हजार ८ सय ४९ थानमा सीमित भएको छ, जसका कारण देशबाट बाहिरिने रकम ३१ अर्ब ५५ करोडबाट घटेर २५ अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ। मन्दीको मारमा परम्परागत पेट्रोल कार पनि परेका छन्, जसको आयात १८.४० प्रतिशतले ओरालो लाग्दै १ हजार ९ सय १५ थानमा झरेको छ।

यसैगरी सार्वजनिक यातायाततर्फ प्रयोग हुने इभी माइक्रोबस र मिनीबसको आयातमा समेत ठूलो गिरावट आएको छ। समग्र बजार सुस्त रहे पनि सर्वसाधारणको सहज पहुँचमा रहेका साना तीन पाङ्ग्रे विद्युतीय सवारीको आयातमा भने ५१.७२ प्रतिशतको उत्साहजनक वृद्धि भई २ हजार २ सय ४७ थान भित्रिएका छन्। गाडी आयात घट्दा देशको वैदेशिक मुद्रा सञ्चिति जोगाउन मद्दत पुगे पनि राज्यको भन्सार राजस्व र आन्तरिक आर्थिक गतिविधिमा भने यसले प्रत्यक्ष धक्का पुर्‍याएको छ।

55 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु