पात्रो

रेडियो

समाचार खोजी

११ महिनामा ३८ अर्बको धानचामल आयात, तयारी चामल भित्रिने क्रम बढ्यो

साझा अर्थ संवाददाता ८ असार २०८३, सोमवार

काठमाडौँ, ८ असार : चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म ७ लाख ११ हजार ५ सय २० टन खाद्यान्न भित्रिएको हो, जुन गत वर्षको सोही अवधिको तुलनामा सामान्य कम हो।

तथ्यांक अनुसार स्वदेशमै धान कुटेर चामल बनाउनु भन्दा विदेशबाटै तयारी चामल किन्ने प्रवृत्ति बढेको छ। ११ महिनामा कच्चा धानको आयात घटेर १७ अर्ब २३ करोड ७२ लाखमा सीमित हुँदा बासमती चामलको आयात बढेर ७ अर्ब ८६ करोड ३१ लाख र अन्य चामलको आयात ११ अर्ब ८ करोड ८४ लाख रुपैयाँ पुगेको छ। यसैगरी धानको बिउ १ अर्ब २९ करोड र कनिका आयात ३५ करोड रुपैयाँ पुगेको छ। आयातको यो बदलिँदो संरचनाका कारण यस क्षेत्रबाट संकलन हुने सरकारी राजस्व भने गत वर्षको तुलनामा घटेर २ अर्ब ६१ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ।

34 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु