पात्रो

रेडियो

समाचार खोजी

असार ८ देखि याम्बालिङ्ग र टक्सार पिखुवा खोलाको शेयर कारोबार सुरु हुने

याम्बालिङ्गको ७० लाख र टक्सार पिखुवा खोलाको १ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता ५ असार २०८३, शुक्रवार

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जमा दुई हाइड्रोपावर कम्पनीको शेयर सूचीकृत भएको छ। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएसँगै दुवै कम्पनीको दोस्रो बजार कारोबार असार ८ गतेदेखि सुरु हुने भएको छ।

नेप्से र याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडबीच असार ५ गते ७० लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ रहेको छ। सूचीकृत कुल शेयरमध्ये सर्वसाधारण शेयरधनीतर्फ २८ लाख कित्ता अर्थात् ४० प्रतिशत र संस्थापक शेयरधनीतर्फ ४२ लाख कित्ता अर्थात् ६० प्रतिशत शेयर रहेको छ।

याम्बालिङ्ग हाइड्रोपावरको कारोबार संकेत ‘YMHL’ रहनेछ। कम्पनीको प्रधान कार्यालय ललितपुर महानगरपालिका–१०, ललितपुरमा रहेको छ। सूचीकरणपछि शेयरधनीले पाउने आरटीएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट उपलब्ध हुनेछ।

त्यस्तै, नेप्से र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडबीच पनि असार ५ गते १ करोड २० लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ। कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ रहेको छ।

टक्सार पिखुवा खोलाको सूचीकृत कुल शेयरमध्ये सर्वसाधारण शेयरधनीतर्फ ४२ लाख ३० हजार ६६८ कित्ता अर्थात् ३५.२६ प्रतिशत र संस्थापक शेयरधनीतर्फ ७७ लाख ६९ हजार ३३२ कित्ता अर्थात् ६४.७४ प्रतिशत शेयर रहेको छ।

कम्पनीको कारोबार संकेत ‘TPKHL’ रहनेछ। कम्पनीको प्रधान कार्यालय खिचापोखरी, काठमाडौंमा रहेको छ। सूचीकरणपछि शेयरधनीले पाउने आरटीएस सेवा एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंबाट उपलब्ध हुनेछ।

दुवै कम्पनीको दोस्रो बजार कारोबार असार ८ गतेदेखि सुरु हुने नेप्सेको सूचनामा उल्लेख छ। अब यी कम्पनीको आईपीओ पाएका लगानीकर्ताले पहिलो कारोबार मूल्य, बजार माग र कारोबार सुरु भएपछि देखिने मूल्य उतारचढावमा ध्यान दिनुपर्नेछ।

88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु