पात्रो

रेडियो

समाचार खोजी

याम्बालीङ हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता ५ असार २०८३, शुक्रवार

काठमाडौँ, ५ असार : याम्बालीङ हाइड्रोपावर लिमिटेडको आईपीओ नेप्से मा सूचीकृत भएको छ। कम्पनीका संस्थापक प्रवर्द्धकहरूले कायम राखेको र सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ७० लाख कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि दर्ता भएको हो। नेप्से र कम्पनीबीच आवश्यक सम्झौता प्रक्रिया टुङ्गिएपछि आगामी असार ८ गतेदेखि यो सेयर दोस्रो बजारमा खरिद-बिक्रीका लागि खुला हुनेछ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल कित्तामध्ये २८ लाख कित्ता सेयर गत वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको थियो। नेप्सेले पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। लगानीकर्ताहरूले दोस्रो बजारमा यस कम्पनीको सेयर 'YMHL' संकेत अन्तर्गत कारोबार गर्न सक्नेछन्।

46 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु