पात्रो

रेडियो

समाचार खोजी

वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँ संकलन गर्दै

साझा अर्थ संवाददाता ३ असार २०८३, बुधवार

काठमाडौँ, ३ असार : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज बुधबार असार ३ गते  ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिनको अवधिका लागि निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम बजारबाट झिक्न लागेको हो। यस प्रक्रियामा भाग लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आफ्नो आवेदन पेस गरिसक्नुपर्नेछ। यसरी सङ्कलन गरिएको रकम आगामी असार ३१ गते सावाँ र ब्याजसहित सम्बन्धित संस्थालाई फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको नियमानुसार यस बोलकबोलमा केन्द्रीय बैंकबाट अनुमति प्राप्त 'क', 'ख' र 'ग' वर्गका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। लगानीकर्ता संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बहुब्याजदरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बोलकबोलबाट तय हुने ब्याजदरमा संकलन गरिने यो रकम वित्तीय संस्थाहरूको सीआरआर मा गणना गर्न नपाइने भए पनि अन्य तरलता मापनमा भने गणना गर्न सकिनेछ।

47 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु