पात्रो

रेडियो

समाचार खोजी

आईपीओ निष्कासनको तयारीमा रहेको ब्रह्मा ज्योति होल्डिङ्स र केयर रेटिङ्स नेपालबीच सम्झौता

साझा अर्थ संवाददाता ९ असार २०८३, मङ्गलवार

काठमाडौँ, ९ असार

सेयर बजारमा प्रवेश गर्ने तयारीलाई तीव्रता दिँदै ब्रह्मा ज्योति होल्डिङ्स लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडसँग औपचारिक क्रेडिट रेटिङ सम्झौता गरेको छ। सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रक्रिया अन्तर्गत कम्पनीले यो महत्त्वपूर्ण कदम चालेको हो।

पुँजी बजारमा भित्रिने योजना अनुरूप ब्रह्मा ज्योति होल्डिङ्सले यसअघि नै प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने लक्ष्य राखेको छ। जलविद्युत, कृषि, पर्यटन र हस्पिटालिटी (आतिथ्य) लगायतका बहुआयामिक क्षेत्रमा लगानी विस्तार गर्दै आएको यस कम्पनीले दीर्घकालीन वृद्धिलाई केन्द्रमा राखेको छ। कम्पनीका अधिकारीहरूका अनुसार क्रेडिट रेटिङको काम सम्पन्न भएलगत्तै आईपीओ स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइनेछ

35 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु