काठमाडौं,१७ असारः नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने गर्दैछ । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न बैंकले सोऋणपत्र जारी गर्नलागेको हो ।
राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्नलागेको सूचना मार्फत जानकारी दिएको छ । ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् । मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । बोलकबोलका बाट ब्याजदरको निर्धारण हुने राष्ट्रबैङ्कको भनाई रहेको छ । ऋणपत्रको साँव भुक्तानी २०८४ असार १७ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने छ । ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा समेत प्रयोग गर्न सकिनेछ । प्रणालीमा थुप्रिएको अधिक तरलता ब्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेपसंकलन उपकरणको प्रयोग गदै बजार बाट रकम प्रशोचण गर्ने गर्दछ ।