पात्रो

रेडियो

समाचार खोजी

१६ दिन बाँकी छँदा ३५ प्रतिशत मात्रै विकास बजेट खर्च

साझा अर्थ संवाददाता १६ असार २०८३, मङ्गलवार

काठमाडौँ, १६ असार: चालू आर्थिक वर्ष सकिन अब १६ दिन मात्र बाँकी रहँदा सरकारले कुल विकास बजेटको ३५ दशमलव १२ प्रतिशत मात्र खर्च गरेको छ। विकासका लागि विनियोजित कुल ४ खर्ब ७ अर्क ८८ करोड रुपैयाँमध्ये असार १५ गतेसम्म १ खर्ब ४३ अर्ब २३ करोड रुपैयाँ मात्र उपयोग भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ। यसको विपरीत सरकारी प्रशासनिक र वित्तीय व्यवस्थापनतर्फको साधारण खर्च भने ८० प्रतिशतभन्दा माथि पुगेको छ।

सरकारले असार मसान्तसम्म कुल विकास खर्च ६१ दशमलव ६३ प्रतिशत पुग्ने संशोधित अनुमान गरेको थियो। असार २५ गतेको सरकारी भुक्तानी फर्स्योटको अन्तिम समयसीमा अगावै यो संशोधित लक्ष्य भेट्न पनि सरकारले अब दैनिक औसत १३ अर्ब ५२ करोड रुपैयाँका दरले द्रुत खर्च गर्नुपर्ने बाध्यता छ। यदि सुरुको वास्तविक बजेट लक्ष्य नै भेटाउने हो भने दैनिक खर्चको यो आवश्यकता बढेर ३३ अर्ब रुपैयाँभन्दा माथि पुग्छ।

60 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु