पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा एकैपटक तीन ठूला कम्पनीको बोनस सेयर सूचीकृत

साझा अर्थ संवाददाता १५ असार २०८३, सोमवार

काठमाडौँ, १५ असार: नेपाल स्टक एक्सचेन्जमा एनएमबी बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई वितरण गरेको बोनस सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको हो।

विवरण अनुसार एनएमबी बैंक लिमिटेडको ५ प्रतिशत बराबरको कुल ९१ लाख ८३ हजार ३ सय ५२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। त्यस्तै, नेको इन्स्योरेन्सको ३ प्रतिशत बराबरको ८ लाख ७ हजार ४ सय ६० कित्ता र सुपर माई हाइड्रोपावरको २० प्रतिशत बराबरको १० लाख ७० हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ। हाल बजारमा एनएमबीको अन्तिम सेयर मूल्य प्रतिप्रतिकित्ता २३७ रुपैयाँ ९० पैसा, नेकोको ६२० रुपैयाँ र सुपर माईको ५४५ रुपैयाँ कायम छ। सेयरधनीहरूको डिम्याट खातामा आएपछि यी सेयरहरू खरिदबिक्री गर्न मिल्नेछ।

58 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु