पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा १४ सय रुपैयाँको गिरावट

साझा अर्थ संवाददाता १५ असार २०८३, सोमवार

काठमाडौँ, १५ असार: नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

बजारमा तेजाबी सुनको मूल्यमा पनि सोही अनुपातमा गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ८३ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको तेजाबी सुन सोमबार तोलामा १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८१ हजार ७ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आइतबारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले सस्तिएर प्रतितोला ४ हजार ३ सय १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो। अन्तराष्ट्रिय बजारमा हुने उतारचढावकै कारण स्थानीय बजारमा मूल्य समायोजन भएको व्यवसायीहरूले बताएका छन्।

59 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु