पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा २६ अंकको पहिरो

साझा अर्थ संवाददाता १६ असार २०८३, मङ्गलवार

काठमाडौँ, १६ असार: साताको दोस्रो कारोबार दिन असार १६ गते मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठुलो गिरावट आएको छ। बजार बन्द हुँदा नेप्से सूचक २४.६३ अंक अर्थात् ०.९३ प्रतिशतले ओरालो लाग्दै २६०८.३३ को विन्दुमा थामिएको छ।

परिसूचकसँगै आज कारोबार रकममा पनि संकुचन देखिएको छ। आज दिनभर कुल ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ।

परिसूचक २६०० को मनोवैज्ञानिक विन्दु नजिक ओर्लिंदा र टर्नओभर सुस्ताउँदै जाँदा लगानीकर्ताहरू आगामी मौद्रिक नीतिको पर्खाइमा थप सजग बनेको विश्लेषण गरिएको छ।

20 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु