पात्रो

रेडियो

समाचार खोजी

महिलाका लागि ‘ब्लु बस’

रास्वपा १०० बुँदे विशेष कार्यसूची अन्तर्गत उपत्यकामा 'ब्लु बस' सेवा सुरु हुँदै, अर्थ मन्त्रालयको बजेट स्वीकृति लगत्तै ८ बस सडकमा ओरालिने

साझा अर्थ संवाददाता १८ असार २०८३, बिहिवार

काठमाडौँ, १८ असार: सरकारले काठमाडौँ उपत्यकामा महिला यात्रुहरूका लागि मात्र समर्पित ‘ब्लु बस’ सेवा सुरु गर्ने तयारी गरेको छ। महिलाहरूका लागि सुरक्षित, मर्यादित र आरामदायी सार्वजनिक यातायात सुनिश्चित गर्न आगामी साउन १ गतेदेखि यो सेवा सञ्चालनमा ल्याइनेछ। सरकारले भर्खरै घोषणा गरेको १०० बुँदे विशेष कार्यसूची अन्तर्गतको पहिलो चरणको कार्यक्रम हो, जसको दीर्घकालीन लक्ष्य देशका सातै प्रदेशमा महिलाहरूका लागि निःशुल्क सार्वजनिक यातायात सेवा विस्तार गर्नु रहेको छ।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ताका अनुसार मन्त्रालयको नीति, कार्यक्रम र १०० दिने प्राथमिकता अनुरूप कुल २५ वटा ‘ब्लु बस’ सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यस सेवालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ‘साझा यातायात’ ले आवश्यक वित्तीय स्वीकृतिका लागि अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको छ। अर्थ मन्त्रालयबाट बजेट स्वीकृत हुनासाथ पहिलो चरणमा आठ वटा बस सडकमा ओरालिनेछ। प्रारम्भिक चरणमा यी बसहरू उपत्यकाका अत्यधिक भिडभाड हुने तीनवटा प्रमुख रुटमा चल्नेछन्। जसअनुसार लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा र चक्रपथ रुटमा चार वटा (दुई वटा घडीको सुई सुल्टो र दुई वटा उल्टो दिशामा) बस सञ्चालन गरिनेछ।

10 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु