पात्रो

रेडियो

समाचार खोजी

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

साझा अर्थ संवाददाता १८ असार २०८३, बिहिवार

काठमाडौँ, १८ असार : ठमेल क्षेत्रबाट पाँच विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । सो क्षेत्रमा मा अश्लिल क्रियाकलापमा लाग्ने ति महिलाहरुलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चार युगान्डाका र एक इण्डोनेसियाका नागरिक रहेका छन् ।
ति महिलाहरुले ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु