पात्रो

रेडियो

समाचार खोजी

नेप्से परिसूचकमा ४४ दशमलव ५९ अङ्कको उत्साहजनक वृद्धि

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडौँ, १७ असार: नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज बुधबार उच्च अङ्कको उत्साहजनक सुधार देखिएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्क अर्थात् १ दशमलव ७० प्रतिशतले बढेर २ हजार ६ सय ५२ दशमलव ९३ को बिन्दुमा पुगेको छ। यस वृद्धिसँगै दोस्रो बजारमा लगानीकर्ताको मनोबल थप बलियो बनेको देखिन्छ।

आज बजारमा कुल ९५ लाख ४७ हजार ६ सय ७८ कित्ता सेयर खरिदबिक्री भएका छन्। जसका माध्यमबाट कुल ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४ सय १० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। मौद्रिक नीति पूर्वको बैंकहरूको सकारात्मक माग र बजारमा बढेको चहलपहलका कारण आज कारोबार रकम र परिसूचक दुवैमा राम्रो सुधार आएको हो।

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु