पात्रो

रेडियो

समाचार खोजी

कर्णाली डेभलपमेन्ट बैंक ब्युँताउन ४ अर्ब पूँजी जुटाउने राष्ट्र बैंकको तयारी

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडौँ, १७ असार: नेपाल राष्ट्र बैंकले निक्षेपकर्तालाई सेयर दिएर कर्णाली डेभलपमेन्ट बैंक पुनःसञ्चालन गर्ने योजना असफल भएपछि नयाँ संस्थापक भित्र्याउने दोस्रो विकल्प अघि बढाएको छ। नेपाल धितोपत्र बोर्डमा नेतृत्वको अस्थिरता र कानूनी जटिलताका कारण पुरानो योजना रोकिएपछि केन्द्रीय बैंकले नयाँ लगानीकर्तामार्फत पूँजी जुटाउने काम थालेको हो। बैंकका व्यवस्थापन समिति संयोजक टीकाराम खतिवडाका अनुसार वर्तमान सेयरधनीलाई हकप्रद सेयर बिक्री गर्ने र नयाँ संस्थाहरू भित्र्याएर करिब ४ अर्ब रुपैयाँ सङ्कलन गर्ने तयारी छ।

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले समस्याग्रस्त संस्था ब्युँताउन अन्य नियामकको अनुमति पर्खनुपर्दा ढिलाइ भएको भन्दै केन्द्रीय बैंकलाई नै नीतिगत अधिकार दिनुपर्ने बताउनुभएको छ। विस्तृत लेखापरीक्षण प्रतिवेदनअनुसार बैंकका तत्कालीन सञ्चालक र उच्च व्यवस्थापकले १ अर्ब २७ करोड रुपैयाँ नगद अपचलन गरेपछि संस्थाको खुद सम्पत्ति २ अर्ब ४६ करोड रुपैयाँ ऋणात्मक बनेको छ। बैंकको दायित्व सम्पत्तिभन्दा २५ प्रतिशत धेरै भएकाले संस्था खारेज गर्दा बचतकर्ता डुब्ने भएपछि राष्ट्र बैंकले पूँजी थप गरी नयाँ स्वरूपमा बैंक सञ्चालन गर्ने रणनीति अख्तियार गरेको हो।

4 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु