पात्रो

रेडियो

समाचार खोजी

हेटौंडा कपडा उद्योग पूनः सञ्चलनकालागि तयारी गरिँदै

साझा अर्थ संवाददाता ८ असार २०८३, सोमवार

हेटौडाः हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले तीव्र पहल थालेको छ। लामो समयदेखि बन्द रहेको यस उद्योगको स्थलगत अनुगमन तथा आवश्यक तयारीमा सरकारी निकायहरू जुटिसकेका छन्।

मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा रहेको यो उद्योग २०३२ सालमा स्थापना भई २०३५ देखि सञ्चालनमा आएको थियो। तर, २०५७ सालदेखि यो बन्द अवस्थामा छ। बन्द भएयता पटक–पटक पुनः सञ्चालनका प्रयास भए पनि सफल हुन सकेको थिएन। तर, यस वर्ष सरकारको विशेष चासो र सक्रियतापछि उद्योग पुनः सञ्चालनको सम्भावना बढेको हो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार उद्योगमा रहेका उपकरणहरू सामान्य मर्मतपछि नै प्रयोग गर्न सकिने अवस्थामा छन्। उद्योगसँगै बुटवलको धागो कारखाना र नेपालगन्जको कपास उत्पादन कारखाना पनि बन्द भएका थिए, जसलाई समेत पुनः सञ्चालन गर्ने योजना रहेको उनले बताए।

यस उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै अग्रसरता लिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीले समेत स्थलगत निरीक्षण गरेका छन्। मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलका क्रममा सरकारले यसै वर्षदेखि उद्योग सञ्चालन गर्ने तयारी गरेको घोषणा गरिसकेका छन्।

रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपडा उद्योगलाई सबैभन्दा पहिले सञ्चालन गर्ने लक्ष्य रहेको छ। बन्द अवधिमा २०७५ सालदेखि यस परिसरमा सशस्त्र प्रहरी बल १४ नम्बर गण रहेको थियो। पहिले लागुऔषध प्रयोगकर्ताहरूको अखडा बनेको यो स्थान अहिले पूर्ण सुरक्षित छ। सरकारको पहलपछि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त सरसफाइ गरी उद्योग परिसरलाई व्यवस्थित बनाएका छन्।

41 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु