पात्रो

रेडियो

समाचार खोजी

चार सहरमा विधि विज्ञान प्रयोगशालाको नयाँ संरचना बनाइने, डीएनए डेटाबेस स्थापनामा जोड

साझा अर्थ संवाददाता १ असार २०८३, सोमवार

काठमाडौँ, १ असार : सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण र देशव्यापी विस्तारलाई प्राथमिकतामा राखेको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज सोमबार 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१' माथिको छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाबीर पुनले बर्दिबास, धनगढी, बुटवल र वीरेन्द्रनगरमा प्रयोगशालाको नयाँ भौतिक संरचना निर्माण गरिने जानकारी दिनुभयो।

बैठकमा आमन्त्रित विज्ञहरूले आपराधिक अनुसन्धानका लागि डीएनए बैंक र तालिमप्राप्त दक्ष जनशक्तिको व्यवस्था हुनुपर्नेमा जोड दिए। छलफलमा भाग लिँदै सांसदहरू डा. चन्द्रमोहन यादव, डा. लेखजंग थापा, पुकार बम र गुरुप्रसाद बराल लगायतले देशैभर प्रयोगशालाको पहुँच बढाउनुपर्ने, डीएनए डेटाबेसको सुरक्षा अडिट गरिनुपर्ने र दक्ष वैज्ञानिकहरूको 'ब्रेन ड्रेन' रोक्न पर्याप्त बजेट तथा स्रोतको व्यवस्था हुनुपर्ने माग गर्नुभयो।

57 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ