पात्रो

रेडियो

समाचार खोजी

पदमार्ग निर्माण सम्पन्न

साझा अर्थ संवाददाता २४ जेठ २०८३, आइतवार

धादिङ, २४ जेठ – धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय स्थल कालो दह र सेतो दह जाने कठिन गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण सम्पन्न भएको छ। नेपाल–चीन सिमाना नजिक रहेको हर्ची पाससम्म यो पदमार्ग विस्तार गरिएको स्थानीय पथप्रदर्शक मार्कुस तामाङले जानकारी दिए।

लिङ्जो गाउँका बासिन्दाले २१ दिन श्रमदान गरी बाबिल खर्कदेखि ४ हजार ६ सय ५० मिटर उचाइको हर्ची पाससम्म पदमार्ग निर्माण गरेका हुन्। स्थानीयको पहलपछि वडा कार्यालयले १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।

अक्सिजनको कमी हुने उचाइमा समेत स्थानीयले घन, छिनो, गैंती प्रयोग गरी चट्टान फोडेका थिए भने महिलाले ढुङ्गा बोकेर सिँढी निर्माणमा सहयोग गरे। वडाध्यक्ष पम्बर तामाङले आगामी बजेटबाट पर्यटक प्रतिक्षालय तथा अन्य पूर्वाधार निर्माण गरिने बताए।

यो पदमार्गले कालो दह, सेतो दह र हर्ची पास पुग्न सहज बनाएको छ। स्थानीयले यसले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाई रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा गरेका छन्। राजधानी काठमाडौंबाट नजिकको यो पाँच हजार मिटरसम्मको पदयात्रा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पदमार्ग महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ। 

53 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु