पात्रो

रेडियो

समाचार खोजी

‘होर्मुज नै हाम्रो परमाणु बम, यसलाई कहिल्यै छोड्दैनौं’ – ईरानको ट्रम्पलाई खुला चेतावनी

साझा अर्थ संवाददाता २४ जेठ २०८३, आइतवार

काठमाडौं : ईरान र अमेरिकाबीचको तनाव निरन्तर बढ्दै गएको छ। यसै साता दुवै देशले एक अर्काका सैन्य अड्डामा आक्रमण गरेका छन्। यही बीचमा ईरानका उपसभामुख अली निकजादले होर्मुज जलडमरूमध्यलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुला चेतावनी दिएका छन्।

तेहरानका एक वरिष्ठ नेताका अनुसार होर्मुज जलडमरूमध्य ईरानको लागि परमाणु बमभन्दा पनि महत्वपूर्ण छ। एउटा टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा निकजादले भने, ‘होर्मुजको अन्तर्राष्ट्रिय शिपिंग मार्ग अब कहिल्यै युद्धपूर्वको स्थितिमा फर्कने छैन। इस्लामिक रिपब्लिकको परमाणु बम नै होर्मुज जलडमरूमध्य हो।’

उनले यो महत्वपूर्ण अन्तर्राष्ट्रिय ऊर्जा मार्गमा ईरानको नियन्त्रणलाई रणनीतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण सम्पत्ति बताए। निकजादले युद्धविराम र होर्मुज मुद्दामा अमेरिकाको अडान विरोधाभासी रहेको आरोप लगाउँदै भने, ‘सैन्य शक्तिको बलमा आफ्नो इच्छा थोप्ने अमेरिकाको दौर सकिएको छ। अमेरिकाले नयाँ क्षेत्रीय व्यवस्था स्वीकार गर्नुपर्छ वा ईरानका सर्तहरू मान्नुपर्छ। नत्र दुश्मनको अपमानको क्रम जारी रहनेछ।’

यसैबीच, अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य नजिक ईरानका दुई आक्रमणकारी ड्रोन गिराएको दाबी गरेको छ। अमेरिकी सेनाले आइतबार भनेको छ, ‘ती ड्रोनले अन्तर्राष्ट्रिय जहाजको आवागमनमा खतरा उत्पन्न गरिरहेका थिए।’

शनिबार ईरानले कुवेत र बहराइनमा मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो। उसले कुवेतस्थित अल सलीम एयर बेस र बहराइनमा रहेको अमेरिकी पाँचौं बेडाको मुख्यालयलाई निशाना बनाएको जनाएको छ। यी दुवै देशले ईरानको हमलालाई आफ्नो सार्वभौमिकताको उल्लङ्घन र क्षेत्रीय स्थिरताका लागि खतरनाक भन्दै तीव्र आलोचना गरेका छन्।

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्