पात्रो

रेडियो

समाचार खोजी

इरानसँगको सम्झौता ‘धेरै नजिक’ पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दाबी

साझा अर्थ संवाददाता १५ जेठ २०८३, शुक्रवार
समाचार सारांश
  • अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच व्यापक रणनीतिक समझदारी नजिक रहेको बताएका छन्।
  • यस समझदारीले इरानको आणविक कार्यक्रम नियन्त्रण गर्ने र हर्मुज जलघाँटीमा आवागमन सहज बनाउने अमेरिकी लक्ष्य राखेको छ।
  • अमेरिकी र इरानी वार्ताकारबीच ६० दिने अस्थायी समझदारीमा सहमति जुटे पनि यो राष्ट्रपति ट्रम्पको अन्तिम स्वीकृतिको पर्खाइमा छ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, १५ जेठ:  अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताउँदै व्यापक सम्झौताबाट आफूहरू ‘धेरै नजिक’ रहेको दाबी गर्नुभएको छ । मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सो दवी गर्नु भएको हो । 

उपराष्ट्रपति भान्सका अनुसार सम्भावित सहमतिले स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने, इरानको सैन्य क्षमता कमजोर पार्ने तथा तेहरानको आणविक कार्यक्रमलाई दीर्घकालीन रूपमा पछि धकेल्ने अमेरिकी लक्ष्यलाई बल पुग्नेछ। यद्यपि उहाँले प्रक्रिया अझै पूरा नभएको र वार्ता जारी रहेको सङ्केत दिनुभयो।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आर्थिक दबाब र सुरक्षा रणनीतिले इरानलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो। उहाँले इरानले उच्च स्तरमा समृद्ध युरेनियम फिर्ता गर्नुपर्ने, आणविक हतियार नखोज्ने प्रतिबद्धता जनाउनुपर्ने र हर्मुज जलघाँटीमा निर्बाध समुद्री आवागमन सुनिश्चित गर्नुपर्ने सर्त दोहोर्याउनुभयो।

त्यस्तै, अमेरिकी र इरानी वार्ताकारबीच ६० दिने अस्थायी समझदारी ज्ञापनपत्रमा सहमति जुटेको खबर सार्वजनिक भएको छ। एक्सियोसको रिपोर्टअनुसार युद्धविराम विस्तार र औपचारिक आणविक वार्ताको आधार तयार गर्ने उद्देश्यले बनेको यो प्रारम्भिक समझदारी राष्ट्रपति ट्रम्प र इरान पक्षको अन्तिम स्वीकृतिको प्रतीक्षामा छ। राष्ट्रपति ट्रम्पले अन्तिम मस्यौदा अध्ययन गर्न थप केही दिन समय माग्नुभएको छ। यदि सहमति अन्तिम रूपमा पुग्यो भने, पश्चिम एसियाको तनावपछि यो सबैभन्दा महत्त्वपूर्ण कूटनीतिक उपलब्धि हुने आकलन गरिएको छ।

106 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ