पात्रो

रेडियो

समाचार खोजी

इरान–अमेरिका सम्झौता : ‘हस्ताक्षर नजिकै तर तुरुन्तै होइन’

साझा अर्थ संवाददाता १२ जेठ २०८३, मङ्गलवार

काठमाडाै १२ जेठः  इरानले अमेरिकासँग कुनै पनि सम्झौता तत्काल हुने सम्भावना नरहेको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकईले दुवै देशबीच भइरहेको वार्तामा प्रगति भए पनि तुरुन्तै कुनै डील नहुने स्पष्ट पार्नुभएको हो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘छिट्टै सम्झौता हुने’ दाबी गरेपछि इरानले आफ्नो धारणा सार्वजनिक गरेको हो। रुबियोले सोमवार नै सम्झौता हुन सक्ने बताएका थिए। तर बकईले भन्नुभयो, “जिन विषयमा छलफल भइरहेको छ, तीमध्ये धेरैमा सहमति जुटेको छ। तर यसलाई सम्झौताको हस्ताक्षरसँग जोडेर भन्न मिल्दैन।”

उहाँले इरानको प्राथमिकता युद्धलाई पूर्ण रूपमा अन्त्य गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार परमाणु मुद्दा र होर्मुज जलडमरूमध्यको व्यवस्थापन हालको छलफलको विषय होइन। ती विषयमा पछि छुट्टै योजना बनाइनेछ।

होर्मुज जलडमरूमध्यको सन्दर्भमा बकईले भन्नुभयो, “यो इरान र ओमानसँग सम्बन्धित मामला हो। यस क्षेत्रको व्यवस्थापन तटीय राष्ट्रहरूले नै गर्नुपर्छ। अमेरिकाले सैन्य नाकाबन्दी अन्त्य गर्नुपर्छ। इरान यहाँ सुरक्षित आवागमन सुनिश्चित गर्नेछ।”

उनले इरान जहाजमा टोल लगाउन नचाहेको पनि स्पष्ट पारे। यता, अमेरिकी विदेशमन्त्री रुबियोले भने “आज वा भोलिसम्म सम्झौताको खबर आउने” दाबी गरेका छन्।

त्यसैबीच, संसद सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल कतर पुगेको छ। टोलीमा विदेशमन्त्री अब्बास अराघची र केन्द्रीय बैंकका गभर्नर पनि छन्। उक्त टोलीले अमेरिका–इरान सम्झौता ज्ञापनपत्रलाई अन्तिम रूप दिने प्रक्रियामा छलफल गर्नेछ।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ