पात्रो

रेडियो

समाचार खोजी

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण

साझा अर्थ संवाददाता २३ जेठ २०८३, शनिवार
समाचार सारांश

```

  • २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको धुलिखेल बृहत् खानेपानी आयोजनाको पुनःनिर्माण सम्पन्न भएको छ।
  • रु ३ करोड ५१ लाख लागतमा सम्पन्न यो पुनःनिर्माणमा धुलिखेल खानेपानी आयोजनाको ६०% र जर्मन सहयोग (जिआईजेड) को ४०% आर्थिक सहयोग रहेको छ।
  • बाढीले क्षति पुग्दा धुलिखेलमा तीन महिना खानेपानी अवरुद्ध भई ३,६०० परिवार प्रभावित भएका थिए।

```

This summary was generated by AI and has been editorially reviewed.

काभ्रेपलाञ्चोक, २३ जेठः विसं २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजनाको पुनःनिर्माण गरिएको छ । त्यतिबेला पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्रलगायत भौतिक संरचना तथा पाइपलाइनमा ठूलो क्षति पुगेको थियो ।    
    
 धुलिखेल खानेपानी आयोजनाको ६० प्रतिशत र जर्मन सहयोग नियाग (जिआईजेड) को ४० प्रतिशत आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न भएको नगरका कार्यबाहक प्रमुख निराजन जङ्गमले बताउनुभयो । उहाँका अनुसार बाढीले मुहान क्षेत्र खारखोलामा १५० मिटर मुख्य पाइप लाइनसमेत बगाएको थियो । त्यतिबेला धुलिखेलमा तीन महिना खानेपानी अवरुद्ध भएको थियो ।    
    
 आयोजना रु तीन करोड ५१ लाख लागतमा पुनःनिर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुले जानकारी दिनुभयो । गत वर्ष जेठ २० गते पुनःनिर्माण थालिएको थियो । यसका लागि सम्झौताअनुसार जर्मन सरकारबाट ६० प्रतिशत अर्थात् रु एक करोड ४५ लाख अनुदान प्राप्त भएको उहाँले बताउनुभयो ।    
    
 जर्मन सरकारले सन् १९९२ मा उक्त आयोजना निर्माणमा सहयोग गरेको थियो । बाढीपहिरोको क्षतिपछि नगरले जर्मन राजदुतावासलाई सहयोगका लागि अनुरोध गरेको थियो । प्राप्त सुहयोग रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुुनःनिर्माण गरिएको हो ।    
    
 बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका तीन हजार ६०० परिवार खानेपानी सुविधाबाट वञ्चित भएका थिए । त्यतिबेला करिब रु २० लाख खर्चेर अस्थायी व्यवस्थापन गरी खानेपानीको व्यवस्था गरिएको थियो ।    

48 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु