पात्रो

रेडियो

समाचार खोजी

छानबिन गर्न गठित समितिकाे टोली मुस्ताङमा

साझा अर्थ संवाददाता २३ जेठ २०८३, शनिवार
समाचार सारांश
  • सशस्त्र प्रहरीले कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थमन्त्रालयले निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
  • उक्त समिति मुस्ताङ पुगी चीनबाट आयात गरिएका विद्युतीय सवारीको भन्सार जाँचपास र आयात प्रक्रियामा कैफियत भए/नभएको विषयमा अनुसन्धान सुरु गरेको छ।
This summary was generated by AI and has been editorially reviewed.

मुस्ताङ, २३ जेठः सशस्त्र प्रहरीले कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति बिहिवार मुस्ताङ पुगेको छ । 

    विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहनुभएका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।     

    कोरलानाकाबाट पैठारी गरिएका विद्युतीय सवारीको अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली आज बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले जानकारी दिनुभयो । 

    छानविन टोली मुस्ताङ आउनुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणका लिएका विद्युतीय सवारी साधनको अनुमगन समेत गरेको भन्सार प्रमुख चुडालले जानकारी दिनुभयो । चीनबाट पैठारी गरी नेपाल भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान सुरु गरेको हो । 

    टोलीले पोखरा हेम्जामा ९८ र पर्वतको कुश्मा १७ वटा विद्युतीय सवारीको अनुगमन गरेको छ । कोरलानाकाबाट भन्सार जाँचपास भई लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ वटा विद्युतीय सवारी साधनको समेत आजै  टोलीले स्थलगत अनुगमन गरेका भन्सार प्रमुख चुडालले उल्लेख गर्नुभयो । मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित बसपार्क क्षेत्रमा पार्किङ गरी राखिएका उक्त सवारी साधनको अनुगमन गरिएको छ । 

    छानविन टोली कोरलानाकामा राखिएका ३९४ वटा विद्युतीय सवारीको अनुगमनका लागि शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्ने छ ।

    गत भदौ ३१ गतेदेखि सञ्चालनमा आएको कोरलानाकाबाट गत जेठको दोस्रो साता चिनियाँ कम्पनी बिवाईडीले ७७५ वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याएको थियो । 

    कोरलानाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारी साधनमध्ये ६४९ वटाको भन्सार जाँचपास भइसकेको सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरिले जानकारी दिनुभयो ।

39 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्