पात्रो

रेडियो

समाचार खोजी

नाडाद्वारा चिनियाँ दूतावाससँग कूटनीतिक सहयोगको अपील

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौँ, २१ जेठ: चीनबाट आयात गरिएका विद्युतीय सवारी साधनहरू भन्सारमा रोकिएपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौँस्थित चिनियाँ दूतावासको सहयोग मागेको छ। नाडाका राजस्व समिति सभापति यमुना श्रेष्ठले दूतावासको आर्थिक तथा वाणिज्य विभागलाई पत्र लेख्दै नेपाल-चीन सीमामा रोकिएका गाडीहरूको जाँचपासमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको हो। आवश्यक सबै कागजात बुझाउँदा पनि यातायात व्यवस्था विभागले सिफारिस पत्र जारी नगरेको नाडाको गुनासो छ।

मुख्य विवाद गाडीको 'मोटर क्षमता' को घोषणामा देखिएको छ। नेपाली भन्सार अधिकारीहरूले चिनियाँ बजारमा उपलब्ध सोही मोडलको सबैभन्दा उच्च क्षमताको मोटरसँग आयातित गाडीको क्षमता मेल खानुपर्ने सर्त राखेका छन्, जबकि व्यवसायीहरूले आफूहरू जुनसुकै प्राविधिक प्रमाणीकरणका लागि तयार रहेको बताएका छन्। लामो समयदेखि गाडीहरू भन्सारमै रोकिँदा व्यवसायी मारमा परेका र सरकारको इभी प्रोत्साहन गर्ने नीतिमै धक्का पुग्ने भन्दै नाडाले समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेको छ।

4 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु