जेठ २२, काठमाडौः एभरेष्ट कलर लिमिटेडको आइपीओ निष्काशन तथा बिक्री आजबाट खुल्ला भएको छ । सर्वसाधारण लगानीकर्ताहरुका लागि सो आईपीओ निष्काशन तथा बिक्री खुल्ला भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति नियमक निकायबाट पाएको थियो। सो मध्ये बैदेसिक रोजगारीमा रहेका, कर्मचारीहरुकालागि छुट्याइएको र सामूहिक लगानीकोषका लागि छुट्याइएको आइपीओ बाडफाँट भइसकेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको जनाएको छ ।
आइपीओ निष्काशन बन्द छिटोमा जेठ २७ गतेसम्म तथा ढिलोमा असार ५ गते बन्दहुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड ले जनाएको छ ।