पात्रो

रेडियो

समाचार खोजी

साताको अन्तिम दिन नेप्सेमा ८ अङ्कको गिरावट

साझा अर्थ संवाददाता १९ असार २०८३, शुक्रवार

काठमाडौँ, १९ असार: अघिल्ला दुई दिन सुधारको बाटोमा लागेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन असार १९ गते शुक्रबार भने पुनः ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेन्ज परिसूचक आज ८.३० अंक अर्थात् ०.३१ प्रतिशतले ओरालो लाग्दै २६५३.४० को विन्दुमा झरेर बन्द भएको छ।

परिसूचकमा सामान्य गिरावट देखिए पनि बजारमा कारोबार रकम भने हिजोको तुलनामा थप बलियो देखिएको छ। आज दिनभर कुल ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँ बराबरको कारोबार भएको छ।

बजार घट्दा पनि टर्नओभर ४.४१ अर्ब माथि पुग्नुले साताको अन्तिम दिन लगानीकर्ताहरू आगामी हप्ताको रणनीति तय गर्न नाफा सुरक्षित गर्ने र सस्तो मूल्यमा सेयर उठाउने दुवै प्रक्रियामा सक्रिय रहेको संकेत गर्दछ।

44 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु