पात्रो

रेडियो

समाचार खोजी

सूर्याज्योति लाइफ इन्स्योरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक सेयरको लिलामी आज बन्द हुँदै

साझा अर्थ संवाददाता १८ असार २०८३, बिहिवार

काठमाडौँ, १८ असार: सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामी आवेदन भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत असार १० गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको उक्त लिलामी सेयरको व्यवस्थापन आज बैंकिङ समयपछि आधिकारिक रूपमा बन्द हुनेछ। यस लिलामी प्रक्रियामा भाग लिनका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरू, सर्वसाधारण नागरिक र विभिन्न संघसंस्थाहरू समेत योग्य रहनेछन्।

लगानीकर्ताले यस लिलामीमा न्यूनतम प्रतिसेयर १६५ रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकेर बोलकबोल गर्नुपर्नेछ। आवेदन दिँदा न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। इच्छुक बोलपत्रदाताले उपलब्ध सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने भए तापनि नेपाल राष्ट्र बैंकले तोकेको प्रतिसंस्था सेयर सीमाभन्दा बढी नहुने गरी नियम पालना गर्नुपर्नेछ। यस सेयर लिलामी प्रक्रियाको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड नियुक्त भएको छ।

69 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्