पात्रो

रेडियो

समाचार खोजी

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबार असार २६ देखि

साझा अर्थ संवाददाता १९ असार २०८३, शुक्रवार
समाचार सारांश
  • पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड असार २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्नेछन्।
  • एकीकृत कारोबार सुरु हुनुअघि असार २५ गते दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवा बन्द रहनेछन्।
  • मर्जरपछि बन्ने संस्थाले 'पोखरा फाइनान्स लिमिटेड' नामबाट कारोबार सञ्चालन गर्नेछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, असार १२ गते।
पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक आपसमा गाभिएपछि असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु हुने भएको छ।

दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हुन्। आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि गाभिएर बन्ने संस्थाले ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट कारोबार सञ्चालन गर्ने जनाएको छ।

एकीकृत कारोबार सुरु गर्नुअघि डाटा माइग्रेसनलगायत प्राविधिक तयारीका लागि असार २५ गते एक दिन दुवै संस्थाका केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखाबाट प्रदान गरिने बैंकिङ सेवा बन्द रहने सूचनामा उल्लेख छ।

मर्जरपछि बन्ने पोखरा फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका–२८, पुतलीसडकस्थित हालको समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ।

कम्पनीले सेवा बन्द हुँदा ग्राहकमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै एकीकृत कारोबारपछि सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

 
 
13 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्