पात्रो

रेडियो

समाचार खोजी

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन अवधि असार ३० गतेसम्म थप

साझा अर्थ संवाददाता १९ असार २०८३, शुक्रवार

काठमाडौँ, १९ असार: प्राइम कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण तथा संघसंस्थाहरूका लागि निष्कासन गरेको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने म्याद आगामी असार ३० गतेसम्म थप गरेको छ। वार्षिक ६ दशमलव २५ प्रतिशत ब्याजदर पाइने ‘६.२५ प्रतिशत प्राइम बैंक ऋणपत्र २०९३’ नाम दिइएको उक्त ऋणपत्र गत असार १६ गतेदेखि बिक्री खुला गरिएको हो। १० वर्षको परिपक्व अवधि रहेको यस ऋणपत्रको प्रतिइकाइ अंकित मूल्य १ हजार रुपैयाँ तोकिएको छ, जसबाट बैंकले कुल ३ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो, जसमा ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सिडिएससीका अनुसार हिजोसम्म ८ हजार ६५७ जना आवेदकबाट ६१ करोड ३८ लाख रुपैयाँ बराबरको ६ लाख १३ हजार ८२५ कित्ताका लागि आवेदन परेको छ। सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

112 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु