पात्रो

रेडियो

समाचार खोजी

काठमाडौँ महानगरद्वारा आगामी आर्थिक वर्षका लागि बजेट सर्वसम्मत पारित

साझा अर्थ संवाददाता १८ असार २०८३, बिहिवार

काठमाडौँ, १८ असार: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। राष्ट्रिय सभा गृहमा सञ्चालित नगर सभाको बैठकले मुख्य बजेटसँगै आर्थिक विधेयक र विनियोजन विधेयकलाई समेत स्वीकृत गरेको हो। कार्यवाहक प्रमुख सुनिता डङ्गोलले गत असार ४ गते नगर सभाको १९ औँ अधिवेशनको चौथो बैठकमा प्रस्तुत गर्नुभएको बजेट प्रस्तावमाथि विस्तृत छलफल गरी यो अन्तिम रूप दिइएको हो।

पारित कुल बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषबाट व्यहोरिनेछ भने बाँकी ७५ करोड रुपैयाँ वैदेशिक वा बाह्य स्रोत व्यवस्थापनमार्फत परिचालन गरिनेछ। नगर सभाका सदस्यहरूले राखेका विभिन्न संशोधन प्रस्ताव र सुझावहरूलाई समेटेर बजेटलाई सर्वसम्मत पारित गरिएको हो। यसैगरी बैठकमा विधायन समितिका संयोजक एवं वडा नम्बर २३ का अध्यक्ष माछाराजा महर्जनले महानगरका विभिन्न विद्यमान ऐनका संशोधन प्रस्तावहरू प्रस्तुत गर्नुभएको छ। जसमा जनस्वास्थ्य ऐन, शिक्षा ऐन, विवाद निरूपण कार्यविधि ऐन, विपद् व्यवस्थापन ऐन र कर्मचारी सेवा ऐनका संशोधन प्रस्तावहरू रहेका छन्। यी कानुनी परिमार्जनका विषयमा थप छलफल गर्न नगर सभाको पाँचौँ बैठक आगामी असार २३ गते मङ्गलबार दिउँसो ३ बजे बस्ने महानगर कार्यालयले जनाएको छ।

11 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु