काठमाडौँ, १८ असार: नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ३ लाख ४९ हजार ३७७ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले सेयरधनीहरूका लागि वितरण गरेको उक्त परिमाणको बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी नेप्सेमा दर्ता भएको हो।
कम्पनीले गत पुस २३ गते सम्पन्न आफ्नो १९ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ९ दशमलव ४७ प्रतिशत लाभांश अनुमोदन गरेको थियो। सोही निर्णयअनुसार कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ बराबरको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १८ लाख ३८ हजार रुपैयाँ बराबरको ० दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। हाल दोस्रो बजारमा यस कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिसेयर ६३८ रुपैयाँ ७० पैसा कायम रहेको छ।