पात्रो

रेडियो

समाचार खोजी

माण्डु हाइड्रोपावरको पुनर्निर्माण कार्य सम्पन्न- ११ महिनापछि पुनः विद्युत् उत्पादन सुरु

साझा अर्थ संवाददाता २३ साउन २०८२, शुक्रवार

काठमाडाै‌ः गत असोज ११ र १२ गतेको अविरल वर्षाले बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको माण्डु हाइड्रोपावरले पुनः विद्युत् उत्पादन सुरु गरेको छ। पुनर्निर्माणको कार्य सकेर माण्डु हाइड्रोपावरले मंगलवारदेखि पुनः विद्युत् उत्पादन सुरु गरेको हो। पहिलो चरणमा क्षमताको ५० प्रतिशत मात्र विद्युत् उत्पादन गरिएको छ। माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन क्षमता २२ मेगावाट हो।


पुनर्निर्माण कार्य सकेर पहिलो चरणमा ११ मेगावाट विद्युत् उत्पादन गरिरहेका छौं,’ माण्डु हाइड्रोपावरका वरिष्ठ प्राविधिक मनोज सिंहले भने, ‘अब छिट्टै नै पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नेछौं, केही प्राविधिक समस्या भएकाले क्षमताको ५० प्रतिशत मात्र विद्युत् उत्पादन गरेका हौं।’


बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको हाइड्रोपावरको पुनर्निर्माण कार्य गत मंसिर महिनादेखि सुरु गरिएको थियो। नेपाली प्राविधिक र कामदारहरू सम्मिलित टोलीले हाइड्रोपावरको प्राविधिक एवम् भौतिक कार्यहरू गरेका थिए । पुनर्निर्माण कार्यमा नेपाली प्राविधिक र कामदार गरेर सरदर दैनिक ६० जना भन्दा बढी खटिएका थिए ।


मकवानपुरस्थित भीमफेदी गाउँपालिका–८, बागमती दोभानमा उत्पादन गृह राखेर विद्युत् उत्पादन गर्दै आएको माण्डु हाइड्रोपावरको बागमती खोलाको बाढी र पहिरोले हेडवक्र्स, पावर हाउस, पेनेस्टक पाइप, विद्युत्को टावर क्षतिग्रस्त बनाएको थियो । २०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको हाइड्रोपावरलाई बागमतीको बाढीले करिब १ अर्बभन्दा बढी क्षति पुर्‍याएको थियो।

222 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु