पात्रो

रेडियो

समाचार खोजी

शिवपोखरीलाई आकर्षक पर्यटकीय केन्द्रकोरुपमा  विकास गरिेने

साझा अर्थ संवाददाता २१ जेठ २०८२, बुधवार

दोलखा(साझाअर्थ) : भीमेश्वर नगरपालिका वडा नम्बर नौ मा रहेको शिवपोखरीलाई आकर्षक पर्यटकीय केन्द्रको रुपमा विकास गरिने भएको  छ ।  भीमेश्वर नगरपािलकाले सो कालागि याजना अघि सारेको हो । 
शिव पोखरीलाई विस्तारित गर्दै जीपलाइन, बोटिङ, मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको भीमेश्वर नगरपालिकाकाले जनाएको छ । नगरपालिकाले हालै तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार करिब ५५ करोड रुपैयाँको लागतमा पोखरी क्षेत्रको पूर्वाधार निर्माण र सौन्दर्यीकरण गरिनेछ ।  
शिव पोखरी हाल १४ हजार वर्ग मिटरमा फैलिएको छ ।  जसलाई २५ हजार वर्ग मिटरमा विस्तार गरिने जनाइएको छ ।  पोखरीको गहिराइ ११ मिटर पुर्याइनेछ भने, डेढ किलोमिटर लामो जीपलाइन, शिव मूर्ति, बोटिङ सुविधा, र पोखरीमा पानीको ब्यवस्थापनकालगि डाङडुङ्गेडाँडाबाट पानी ल्याउने व्यवस्था गरिनेछ ।  
नगरप्रमुख ईश्वरनारायण मानन्धरका अनुसार काठमाडौं–चरिकोट सडकसँग निकट र नगर प्रवेशद्वारमै पर्ने शिव पोखरीलाई दोलखाको प्रमुख आकर्षणको रुपमा विकास गर्ने दीर्घकालीन सोचअनुसार काम अघि बढाइएको हो  ।  “हामी भीमेश्वरलाई पोखरा र चितवनपछिको तेस्रो पर्यटकीय हव बनाउने लक्ष्यमा छौं,” उहाँले भन्नुभयो “डाङडुङ्गेडाँडाबाट ल्याइने पानीले पोखरी वर्षभरी भरिभराउँ राखिनेछ ।” सोही पानी तल्लो क्षेत्रमा सिँचाइका लागि समेत उपयोग गर्न सकिनेछ । परियोजना आर्थिक वर्ष २०८२/८३ बाट कार्यान्वयनमा ल्याउने तयारी भइ आगामी आर्थिक वर्षकालागि संघिय सरकारले  ३ करोड रुपैयाँ विनियोजन गरेको भीमेश्वर नगरका नगरप्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिनुभयो ।  समुन्द्री  सतहबाट २,५९२ मिटर उचाइमा रहेको यस पोखरीबाट गौरीशंकर हिमश्रृखंला, शैलुङडाँडा, गणेशथुम्की, डाङडुङ्गेडाँडा र म्याग्नेसाइट खानीसहित दोलखाको अधिकांश भूभाग देख्न सकिन्छ ।  पोखरी छेउमै बन्न लागेको फिल्म सिटीको मूलद्वारले यस क्षेत्रको आकर्षण थप बढाउने स्थानीयहरुको विश्वास रहेको  छ।

279 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता